कविता - " तिमी "


OM Sai Pathibhara Hospital

तिमी -तिमी केवल तिमी हौ, मनको  राजा तिमी हौ ।

कुवामा  शीतल हौ , हेर्दा त जल हौ ।


धूमिल निशाबाट मनमोहक, गोधूलिको तिमी पल हौ ।

यो मनमा मुस्कुराउ न, तिमी मेरो बल हौ ।


बाग बगिनामा शोभा मेरी, तिमी त्यो कुसुमको दल हौ ।

जे पनि हौ मेरी हौ, आउने वाला कल हौ ।

    -देवेन्द्र किशोर ढुङगाना

            भद्रपुर, झापा