शब्दहरुको आवाज़

---------------------

OM Sai Pathibhara Hospital

मेरो प्यार  मेरो क्रोध , मेरो घृणा  मेरो स्वीकृति , 

सबै कुरा यो कलमबाट , यसको रोशनीबाट हुन्छ।


मेरो नज़रको सामुन्ने, जब शब्द मुस्कुराउने छ ,

उ प्रेम बनेर  फेरी ,  कागजमा उतर्ने छ।


उल्झनमा  जब कोही , कतै पाइने छ , 

तब त्यो अनुभूतिले मेरो , यो कागजमा ढल्ने छ।


हार्ने छन जब अक्षरहरु , आफैसंग  बनेका शब्दहरुबाट , 

बनाउने छु नयाँ महल फेरी , उनको नै अलग अर्थहरु बाट ।


केही शब्दहरुका साथ कतिपय , उनको आस-पास घटित छ 

क्षत बिक्षत हुन्छन जब उ , अति दर्द उनमा पालित छ। 


समेटने छु ती सबैलाई ,   केही मरहम पनि लगाउने छु , 

फेरी ठीक गरेर उनको,   उनको आवाज बन्नेछु।


उनको साथ रहेर मेरो , केही समय बित्ने छ , 

साथ पाएर शब्दका, मेरो अपनत्व पनि देखिने छ ...l

          - देवेन्द्र किशोर ढुङगाना

            झापा हाल : दार्जीलिंङ