कविता - " तिमी "
तिमी -तिमी केवल तिमी हौ, मनको राजा तिमी हौ ।
कुवामा शीतल हौ , हेर्दा त जल हौ ।
धूमिल निशाबाट मनमोहक, गोधूलिको तिमी पल हौ ।
यो मनमा मुस्कुराउ न, तिमी मेरो बल हौ ।
बाग बगिनामा शोभा मेरी, तिमी त्यो कुसुमको दल हौ ।
जे पनि हौ मेरी हौ, आउने वाला कल हौ ।
-देवेन्द्र किशोर ढुङगाना
भद्रपुर, झापा