कविता "एक दिन सबैलाई जानु छ "
***********************
मृत्युलाई केवल बहाना चाहिन्छ।
एक दिन सबैलाई जानु नै छ ।।
तानेर त्यो ठाउमा पुग्नू नै पर्छ ।
मृत्युलाई जहाँ जहाँ बोलावट छ।।
अबश्य सबैको समय एकदिन।
समय आए पछि जानु नै छ ।।
यो जीवनमा नपाल्नु अहंकार ।
असहाय बनेर जानु नै छ।।
कति सकिन्छ गर विलासिता।
मृत शरीर बाँसमा सुतेर जानुछ ।।
लाख़ौ-लाख थुपार लुटेको धन।
रित्तो हात आयौ रित्तै जानु छ ll
कमाउ केही दया धर्म र सत्कर्म ।
मृत्युको कर्जा त चुकाउनु नै छ ।।
त्यो को छ जो मृत्युदेखि बचेको ।
एकदिन मृत्युसंग लिन हुनु नै छ ।।
नभाग मान्छे धन दौलतका पछि ।
कसैको यो त सम्पत्ति हुनु छ ।।
- देवेन्द्र किशोर ढुङगाना
भद्रपुर, झापा