काठमाडौं । प्रहरीको गोली प्रहारबाट १ जनाको ज्यान गएपछि भएको तानव सर्लाहीमा अझै जारी छ। तनाव कायमै रहेकाले जिल्ला प्रशासन कार्यालयले आज(आइतबार) दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्मलाई कर्फ्यू लगाएको छ।Screenshot_2024_0107_180711

गएको शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । त्यसपछि पनि सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो । कर्फ्युपछि शनिबार बिहान ८ बजेदेखि २४ घण्टाका निम्ति निषेधाज्ञा जारी गरिएको थियो। साहको मृत्युपछि सरकारले राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा समेत गरिसकेको छ।Screenshot_2024_0107_180117

OM Sai Pathibhara Hospital

साथै सो घटनाबारे सत्य तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति समेत गठन भएको छ।

बरहथवा नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलसम्मको क्षेत्रमा कर्फ्यु लगाइएको छ । आदेश उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ ।Screenshot_2024_0107_181914

शुक्रबार बरहथवा नगर अस्पतालको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागी स्थानिय युवा जयशन्खर साहको मृत्यु भएको थियो । उनको शव तीन दिनदेखि सडकमै राखेर प्रदर्शन भइरहेको छ।