काठमाडौं । केकभित्र गाँजा मिसाएर अनलाइनमार्फत् बिक्री वितरण गरेको आरोपमा  काठमाडौं–२९ घट्टेकुलोका २६ वर्षीय विशन मानन्धरलाई शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले घरैबाट पक्राउ गरेको हो।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा बम्ब डट ओआएनजी अन्डरस्कोर नामक अकाउन्ट बनाइ अवैध रुपमा विज्ञापन गर्दै अनलाइनमार्फत् गाँजाको बिक्री वितरण गर्ने गरेको ब्यूरोका एसपी तथा प्रवक्ता चक्रराज जोशीले जानकारी दिए। उनले लागु औषध मुफिन समेत प्रयोग गरेर केक बनाउने गरेको पाइएको प्रहरीले बताएको छ।Screenshot_2024_0107_170737

OM Sai Pathibhara Hospital

मानन्धरको कोठाबाट १ सय २१ ग्राम धुलो गाँजा समेत बरामद भएको छ। त्यसैगरी तयारी अवस्थाको केको झोला १ सय ७८ ग्राम, ३ किलो ७ सय ५४ ग्राम गाँजा, लागुऔषध जोग्ने डिजिटल तराजु पनि बरामद भएको छ।