काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम सुनसहित एक जना महिला पक्राउ परेकी छन् । 

पक्राउ पर्नेमा श्रीलङ्काकी कान्थीमाथी काभास्कर रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार फ्लाइ दुबईबाट आएकी ती महिलाले लगाएको भित्रिबस्त्रमा प्लास्टिकले बेरेको अवस्थामा अर्धठोस अवस्थामा दुई पोकामा एक किलो तीन सय ग्राम सुन बरामद गरिएको छ ।

OM Sai Pathibhara Hospital

दुबईबाट आएकी ती महिलालाई शनिवार राति करिब १२ बजे पक्राउ गरिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।