काठमाण्डौ । इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले आइतबार बिहान ४ बजे जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ९ चण्डालचोकस्थित नेपाल–भारतको सीमा नाकाबाट बेलाटारीतर्फ आउँदै गरेको गाडि अबैध औषधि सहित गाडी नियन्त्रणमा लिएको छ।

प्रदेश नं ३ ०१–००२ च ८९९६ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त कारभित्र ६ काटुन अन्दाजी मूल्य २९ लाख ४९ हजार १७ रुपैयाँ बराबरको सर्जिकल सामग्री तथा विभिन्न प्रकारका औषधिहरु नियन्त्रणमा लिएको छ ।

OM Sai Pathibhara Hospital


कारको अन्दाजी मूल्य १० लाख गरी ३९ लाख ४९ हजार १७ रुपैयाँ बराबरको सामान बेलाटारीले नियन्त्रणमा लिएर गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा नं ४ भेडाबारी बस्ने वर्ष ३० को सुजन भन्ने विवेक पोखरेल र बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा नं ५ बस्ने बर्ष २९ को अभिषेक खरेलसहित आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी रेशम बोहराले जानकारी दिएका छन ।