काठमाण्डौ । डोटीमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

दिपायल सिलगढी नगरपालिका–१ तिखाका ४५ वर्षीय खडकबहादुर खड्का घाइते भएका हुन् ।

OM Sai Pathibhara Hospital

उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।