भद्रपुर । बिर्तामोड चारपानेस्थित पूर्व–पश्चिम राजमार्गमा आज साँझ ६:३० बजे  मोटरसाइकल र बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना घाइते भएका छन ।Screenshot_2024_0106_202019

दुर्घटनामा परी झापाको कनकाई नगरपालिका वडा नं. ८ का  ४४ वर्षीय  तोयनाथ उप्रेतीको मृत्यु भएको छ भने,  उप्रेतीले चलाएको मे ५ प ७२४८ नम्बरको मोटरसाइकलले बसलाई ओभर टेक गर्ने क्रममा मोटरसाइकलमा सवार अन्य दुईजना घाइते भएका छन् ।मोटरसाइकलमा ३ जना सवार थिए। प्र –०२–००२ ख ०१४९ नम्बरको बस सग मोटरसाइकल ठोक्किएको थियो।Screenshot_2024_0106_201647

OM Sai Pathibhara Hospital

मोटरसाइकलमा सवार अन्य २ जना कनकाई ५ का वर्ष ५९ का रबिरत्न सिटौला र बाह्रदशी ७ का सागर माझी घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिएका छन।Screenshot_2024_0106_205207

पूर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाइकल र यात्रुबाहक बस चारपाने चोकमा एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।Screenshot_2024_0106_201830

ट्राफिक प्रहरीका अनुसार उप्रेती र माझीलाई विर्तासिटी र सिटौलालाई विएण्डसी लगिएको छ । ट्राफिक प्रहरीले चालकसहित बस नियन्त्रणमा लिएको छ ।