काठमाण्डौ  ।  बर्दियामा ईलेक्ट्रिक भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका–३ बस्ने ५४ वर्षीय नोखे दमाइ रहेका छन ।

हिजो (शुक्रबार) दिउँसो बर्दियाको राजापुर नगरपालिका–१० खैरीचन्दनपुरस्थित सडकमा गुलरियाबाट राजापुरतर्फ जाँदै गरेको भे.१ ज १३३७ नम्बरको ईलेक्ट्रिक भ्यानको ठक्करबाट साइकलयात्री दमाइको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय बर्दियाले जानकारी दिएको छ ।