गजल  " सुन प्रिये "


OM Sai Pathibhara Hospital

नजर बिछयाएर  बसेको छु तिमी आउने प्रतीक्षामा 

निंद्रा टुटनू 'भन्दा पहिलै आई दिनु मेरो सपनीमा 


प्रेमको  चिराग़ जगाएर तिम्रो दिलमा बस्न देउ 

आंधी बतास चली रहोस यसलाई निभ्न  न देउ 


आशाको रोशनी बालेको छु तिम्रो प्रतीक्षामा 

प्राण त्याग्नु  पहिलै   मिलन होस तिम्रो आगमनमा 


मिलनको आशा राखेको छु  मैंले दिलमा सजाई 

आशा टुटेर जानु  पहिलै तिमीआउनु मुस्कुराई 


म  मन. मगन भएर तिम्रो दिलमा   रोशनी जलाउ कि 

बश तिमीलाई प्रेमको रस रंगमा सजाउ कि 


मेरो दिलमा तिम्रो प्रेमको दीपक सदा जलि रहुँला 

तिमी आफ्नो स्नेहले यसलाई प्रज्वलित गरी रहुँला 


प्रकृति पनि गाउलीन गीत  

तिमी आउने  खुशीमा 

मौसम पनि बदलिनु पहिलै

तिमी आउने पलमा 


तिमी प्रति मेरो श्रद्धा मेरो आस्था

त्यसै रहन देउ 

बश तिमी प्रेमको त्यो फूललाई  मुर्झाउन  न देउ l 

       - देवेन्द्र किशोर ढुङगाना

          नेपाली साहित्य परिषद

                भद्रपुर, झापा