झापा । झापा जिल्लाका सीमा क्षेत्रबाट तस्करी भइरहेको बिहिबार राती ठूलो परिमाणमा कपडा शसस्त्र प्रहरिले नियन्त्रणमा लिएसगै घटनाको खुलासा भएको छ। 

भन्सार छलेर ल्याइएको अवैध कपडा शसस्त्र  प्रहरीले  बिहिबार राति बरामद गरेको छ । शसस्त्र प्रहरी तिरिङ बिओपिको टोलीले विशेष सुचनाको आधारमा भारतबाट नेपालतर्फ चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा तिरिङको पाटापुर नाकाबाट रु. १५ लाख ६३ हजार बराबरको कपडा बरामद गरेको हो ।  IMG-20240105-WA0000(1) 1

OM Sai Pathibhara Hospital

झापाको बिभिन्न नाकाबाट भन्सार छलेर तस्करी भइरहेको सूचना पाए सगै सशस्त्र प्रहरि तिरिङ बिओपिले पाटापुरबाट सो कपडा बरामत गर्न सफल भएको  बताएको छ। रु.१५ लाख ६३ हजार बराबरको कपडा भन्सार बुझाउदा रु.१० लाख ६२ हजार ६८० मा मेचीभन्सार बुझाएको छ।Screenshot_2024_0105_220018

झापाको पुर्बी भेग पाटापुर,तिरिङको उत्तर भेग, दुधेचौरी, दोभान, साधुगौडा, पर्सादघौडा, बाउण्डागी, राइसिङ, माताचौक(धिमाल चौक), चौकिलाइन,भन्सार टुक, नकलबन्दा, काकरभिट्टा, चर्च एरिया, दुर्गामन्दिर,फुटबल ग्राउण्ड, हड्डिकसम, तुर्केनी, मेचिडाडा, पिन्की ठ्याक, जेसिका, मेचिपुल, गैरिगाउ, फोहोरमैला, ५,६,७ नम्बर एरिया, ज्यामिरगडि, सतिघट्टा,  पिल्लन न ९१, भद्रपुर, गणेश मन्दिर, भन्सार दख्खिन, झोलुङे पुल छेउ, केचना, घेराबारी लगायत ठाउबाट तस्करी हुनेगरेको छ।

शसस्त्र प्रहरी कोशि प्रदेश बराह बाहिनी मुख्यालयले कोशी प्रदेशका सीमा नाकाहरूबाट हुने चोरी तस्करी रोकथाम तथा नियन्त्रणमा अभियाननै चलाउदै आएको छ।