सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर बरहथवा नगरपालिका- ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु हुनुको साथै प्रहरीसहित ८ जना घाइते भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।Screenshot_2024_0105_181750

अस्पतालको बिषयलाई लिएर बरहथवा नगरपालिकामा भएको आन्दोलनकाे क्रममा उत्पन्न विवादलाई नियन्त्रण गर्न प्रहरीले चलाएकाे गाेली लागि साहको मृत्यु भएको हो। प्रदर्शन नियन्त्रण गर्न प्रहरीले गाेली प्रहार गर्नुकाे साथै एक दर्जन भन्दा बढि टियरग्यास प्रहार गरेका छन् ।Screenshot_2024_0105_180313

OM Sai Pathibhara Hospital

सर्लाहीको बहरथवा नगर अस्पताललाई प्रदेशको मातहत गाभ्नुपर्ने माग राख्द्रै नेपाली काँग्रेस सहित पाँच दलिय गठबन्धनका नेता एवं कार्यकर्ताहरुको मागलाई बरहथवा नगरप्रमुखले बेवास्ता गरेपछि आक्रोशित भिडले नगरपालिका माथि ढुंगामुडा गर्दा प्रहरीले बल प्रयोग गर्दै एक दर्जन भन्दा बढि टियरग्यास प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरेका हुन् ।Screenshot_2024_0105_180226

बरहथवा नगरपालिकाको कार्यलयको अगाडी नेपाली काँग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल, बहुजन एकता पार्टी नेपाल सहितको ५ दलले संयुक्त शान्तिपूर्ण रुपमा विगतमा विरोध रैली साथै प्रदर्शन गरेका थिए ।

प्राथमिक स्वास्थ केन्द्रलाई प्रदेशलाई हस्तान्तरणको माग राख्दै धेरै संख्यामा पाँच वटा दलका कार्यकर्ता, सर्वसाधारणहरुको सहभागिता रहेको छ । विरोध प्रदर्शनलाई मध्यनजर राख्दै नगरपालिका सहित आसपास क्षेत्रमा भारी सख्यामा सुरक्षाकर्मीहरुको परिचालन गरिएका छन् । अहिले बरहथवा बजार पूर्ण रुपमा बन्द रहेका छन् भने यातायात संचालनमा रहेको बताइएको छ । Screenshot_2024_0105_180359

बरहथवा नगरपालिकाको कार्यपालिकाको २०७९ असोज ९ गते बसेको बैठकले निर्माणधिन नगर अस्पताललाई स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो । तर स्थानीय सरकार प्रमुखले कार्यपालिकाको बहुमतले गरेको निर्णयबाट पन्छिएपछि विवाद सुरु भएको बताइएको छ । जनमत पार्टी राष्ट्रिय परिषद सदस्य त्रिभुवन सिंहले माग पुरा नभएसम्म अनिश्चितकालीन अनशनमा बस्ने चेतावनी दिएका छन ।Screenshot_2024_0105_180618

प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यु लगाएको बताएका छन् । धमलाका अनुसार बेलुका ५:३० बजेदेखि भोलि बिहान ८ बजेसम्‍म स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कर्फ्यु आदेश जारी गरिएको हो ।FB_IMG_1704493187176

कर्फ्यु लागेसँगै बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सिमा क्षेत्र भित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न नपाउने भएको छ  । आदेशको उल्लंघन गर्नेलाई  कानुन बमोजिम कारबाहीसमेत गर्न सक्ने प्रशासनले जनाएको छ।