काठमाडौँ । नेकपा एमाले गत मङ्सिर १४ गते बैतडीको झुला घाटबाट सुरु गरेको समृद्धि सङ्कल्प पदयात्रा आज मध्य पहाडको पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुगेर समापन हुदै छ ।  सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय  नाराका साथ १८ दिन अघि सुरु भएको अभियान आज समापन गरिने भएको हो । 

OM Sai Pathibhara Hospital

शनिवार पाँचथरको फिदिममा बसेको टोली आज(आइतबार) बिहान त्यहाँबाट चिवाभञ्ज्याङ जान लागेको हो। फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउनेछन् ।  

३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुनः फर्किएर साँझसम्ममा टोली फिदिम आइपुग्ने छ । मध्य पहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न यो पदयात्रा गरिएको एमालेको जिकिर छ ।