काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि राजनीतिक दल दर्ताको आज अन्तिम दिन हो। निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँन लागेको हो ।

अहिलेसम्म ११ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । आज अन्तिम दिन भएकाले यो संख्या आज बढ्ने आयोगले बताएको छ।

OM Sai Pathibhara Hospital

संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले बताएको छ ।

मंसिर २४ देखि २९ गते (आज)सम्म दल दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् ।

राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ काठमाडौंमा दल दर्ताका लागि निवेदन दिन आयोगले आग्रह गरेको थियो ।

दल दर्ताका लागि आह्वान गरिएको दोस्रो दिन नै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दर्ताको निवेदन दिएका थिए ।

फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।