सिराहा । नेकपा (एमाले)को सचिवालय बैठक आज सिराहाको धनगढी नगरपालिका-१४ सरेअम्बासमा बस्दैछ । बैठकको तयारी पूरा भएको एमाले नेता योगेश भट्टराईले जानकारी दिएका छन । आज पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरू, पदाधिकारी, लेखा र अनुशासन विभागका प्रमुखहरू पनि बैठकमा सहभागि हुनेछन् ।

गत ९ भदौमा बस्ने भनिएको बैठक मौसमका कारण स्थगित भएको थियो । बैठकले महत्वपूर्ण निर्णयहरु गर्ने एमालेले जनाएको छ । सरेअम्बास स्थित एक काठघरमा तत्कालिन नेकपा मालेको चौथो महाधिवेशन भएको थियो । महाधिवेशनले जननेता मदन भण्डारीलाई पार्टी महासचिव चयन गरेको थियो ।

OM Sai Pathibhara Hospital

एमालेले सो स्थानलाई कम्युनिष्ट आन्दोलनको ऐतिहासिक स्थल मानेकाले सिराहालाई बैठक स्थल चयन गरेको हो ।