एजेन्सी / पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको बाजौरमा आइतबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको प्रान्तका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् । 

रियाज अनवरले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार विभिन्न अस्पतालमा उपचारको क्रममा नौ जना घाइतेको मृत्यु भएपछि मृतकको सङ्ख्यामा वृद्धि भएको हो ।

OM Sai Pathibhara Hospital

बम विष्फोटमा परी २०० भन्दा बढी व्यक्ति घाइते भएको र तीमध्ये १०० भन्दा बढीको अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । आक्रमणमा भेलामा आएका केही उलेमा–ए–इस्लाम–फजल समर्थक नेता तथा कार्यकर्तासहित केही सर्वसाधारण समेतको हताहती भएको थियो । उक्त आक्रमणमा एक स्थानीयस्तरका उच्च नेताको समेत मृत्यु भएको थियो ।