काठमाण्डौ    ।     धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, तिङग्राङखानीबाट आज बिहान महेन्द्रा पिक जीप त्रिशुली नदीमा खसेको छ।

जीप अनियन्त्रित भई नदीमा खस्दा एक जना बेपत्ता भएका छन्। दुर्घटनामा चालक घाइते छन्।

OM Sai Pathibhara Hospital

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२५ च ७९९१ नम्बरको जीप अनियन्त्रित भइ आज त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

जीपमा सवार झापा घर भएका २७ वर्षीय सुरेश चौधरी बेपत्ता छन्। उनको खोजी कार्य भइरहेको छ।

घाइते भएका चालक गुल्मीको रेसुंगा नगरपालिका–१० बस्ने ३७ वर्षीय सुजन थापाको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।