काठमाडौं  ।  आगामी वैशाख १० गते तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार विरुद्ध मंगलबार परेका उजुरीको आयोगले बुधबार छानबिन गर्दैछ ।

छानबिन गरी साँझ निर्णय गरिने आयोगले जनाएको छ ।

OM Sai Pathibhara Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध चार वटा उजुरी परेका छन् भने अन्य उम्मेदवारविरुद्ध उजुरी परेको छैन ।

उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन प्रदान गरिने आयोगले जनाएको छ ।

नामावली प्रकाशनपछि चुनाव प्रचारप्रसार सुरु हुनेछ । 

२०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुने निर्वाचन तालिका छ।