वीरगंज । वीरगंजस्थित नारायणी यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भनि बार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापी भित्र वाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिने कार्यमा संलग्न एघार जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
सेवाग्रहीलाई दुःख र हैरानी गरिरहेको पटक पटक जनगुनासो आउन थालेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा सो कार्य गर्दै गरेको अवस्थामा फेला पारी वीरगञ्ज महानगरपालिका वडा नं. १२ रानीघाट बस्ने वर्ष २५ को आलोक कुमार यादव, वडा नं. १३ बस्ने वर्ष ४५ को किशोर कुमार दयाल, वडा नं. १५ बस्ने वर्ष ४० को दिपलाल साह, वर्ष ४६ को रामबाबु झा, कालिकामाई गा.पा. वडा नं. ४ बस्ने वर्ष ४० को राजेश महतो, वीरगंज-३ बस्ने वर्ष ३७ को रंजित गुप्ता, वडा नं. ११ बस्ने वर्ष २३ को लालबाबु महतो, जि. बारा परवानीपुर गा.पा. वडा नं. ५ नौतन बस्ने वर्ष ४५ को दरोगा दास, जि. बारा प्रसौनी-६ बस्ने वर्ष ३० को मुकेश साह र जि.पर्सा वीरगंज-११ मुर्ली बस्ने वर्ष ४५ को राजेश लामा, जि.बारा प्रसौनी गा.पा.वडा नं. ३ नौतन बस्ने वर्ष २५ को दिपु महतो तत्मालाई नियन्त्रणमा लिई निजहरू विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्दको कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट दिन- ७ (सात) म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढ़ाथोकीले बताएका छन ।