काठमाण्डौ :  राष्ट्रपतिको चुनाव सकिएलगत्तै उपराष्ट्रपति चयनका लागि शनिबार मनोनयन दर्ताको कार्यक्रम तय भएको छ ।

आइतवार अन्तिम नामावली प्रकाशन गर्ने र आउँदो चैत ३ गते मतदान गर्ने कार्यतालिका छ । चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

संविधानको धारा ६३ को उपधारा १ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ । संविधानमा उपराष्ट्रपतिको कार्यकाल पनि राष्ट्रपतिको सरह हुने व्यवस्था छ । यसअनुसार उपराष्ट्रपति नन्दबहादुर पुनको पाँच वर्षको कार्यकाल आउँदो चैत ३ मा सकिँदैछ । उहाँ ०७४ चैत ४ मा उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।