झापा ।  मिति २०७९।११।१७ गते बिहान करिब ०३:०० बजेको समयमा जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं. ८ बस्ने बर्ष २८ को हरि चौधरी र  बर्ष २७ को मुकेश चौधरी अबैध सामान सहित पक्राउ परेका छन।

भे १ च ३४०१ नं.को गाडीमा अबैध माल सामान लोड गरी भारतबाट भन्सार छलि चोरी पैठारी गरी रहेका छन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले  जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. १ खैरापुर स्थित भित्री ग्राबेल बाटोमा भारतको सिमानाकाबाट खैरापुर तर्फ ल्याउदै गरेको अवस्थामा फेलापारी चेकजाँच गर्दा बिभिन्न किसिमका अबैध मालसामानहरु बरामत भएको हो।

OM Sai Pathibhara Hospital

बरामत सामान(कपडाहरु, होली प्रयोजनको लागि आवश्यक सामाग्रीहरु,अब्बीर) को अन्दाजी मुल्य रू. १९,९४,६९०/-  बराबरको मालसामानहरु र बरामद गाडी सहित आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको छ।