झापा- झापामा प्रहरीले १८ थान प्लास्टिकको डाइनिङ टेबल प्रहरीले बरामद गरेको छ। बुधवार राती अन्दाजी साढे १० बजे सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोदको संयुक्त टोलीले झापा गाउँपालिका- १ स्थित सालमारा सोह्रखुट्टेमा अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको डाइनिङ टेबल बरामत गरेको हो । अन्दाजी ५४ हजार रुपैयाँको उक्त डाइनिङ टेबल आवश्यक कारबाहीका लागी भन्सार कार्यालय बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।