उनले नेताहरू जितेपछि जनतालाई बेवास्ता गर्ने प्रवृत्ति प्रति खेद व्यक्त गरेका छन् । उनी भन्छन् चुनाव अगाडि नेतासँग हिँड्नु दौडनु बेकार रहेछ । जितेपछि फर्किएर हेर्दैनन् । हामी बुढाहरूको पुस्ताले पार्टी नहेरेर व्यक्ति हेरेको भए ऐले मेरा नाति नातिनी मसँगै त हुने थिए । पार्टी बचाएर जीवनभर उपेक्षा बाहेक केही पाइएन बाबु । अब त नयाँ अनुहारलाई मौका दिने हो ।
सिटौला भन्छन् अब त नयाँ पुस्ताको आवश्यकता देशले महसुस गरेको छ । यो कुरा म बूढो मान्छेले त थाह पाइसके ऐलेका युवा त त्यसै बौद्धिक छन् । अवस्था मात्रै परिवर्तन नभएको हो व्यवस्था त धेरै परिवर्तन भयो । मलाई एउटा कुरा भन्दिनु त । मेरो नेता पनि त्यै, मेरो छोरोको नेता पनि त्यै अब त हुँदा हुँदा मेरो नातिले पनि उसैलाई नेता मान्दिनुपर्ने रु यो त लाजमर्दो कुरो हैन र ? उनले थपे राणा शासन फालियो देश बन्छ भने खै के बन्यो रु पञ्चायत, लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र सबै देखियो । तर देशको मुहार परिवर्तन भएको किन देख्न नपाइने रु हुन त देश त बेच्नेले युवा बेच्नु ठुलो कुरो हैन । अब यी व्यापारीहरूलाई जनताले चेताउने छन् ।
उनले हाँस्दै भने हुन त म आफै इतिहास हुन लागे तर यो देशको इतिहासमा अहिले जसरी युवा जागेको देखेको थिइन । अति भएपछि खती हुन्छ भन्थे हो रहेछ । यो अति भएपछि युवा जागेका हुन् । म त खुसी छु, यो मेरो लागि अन्तिम मतदान पनि हुनसक्छ तर अन्तिममा भए पनि राम्रो व्यक्तिलाई छान्न पाउने भए । हाम्रो ठाउँमा त नाम चलेकी छोरी उठेकी छन् । मंसिर ४ कहिले आउला भनेर पर्खिरहेको छु ।
तुलसीरामको कुरा सुनिरहेकी उनकी श्रीमती पद्मा सिटौलाले भनिन् हो त राजनीति त बनाउनको लागि हैन रु सबै भत्काउनेलाई के भोट दिनु रु म पनि रेखा छोरीलाई भोट दिने । हामी बूढाबूढीलाई दिन कटाउने चौतारी छैन । मठमन्दिर मासेका छन् । अरू त त्यस्तै हो खेती गरेर खाने गरिबले बाली लाउने बेला मल पाउँदैन । मल लिन गयो भने कुन पार्टीको हो भनेर हेर्छन् । पहुँच हुनेले मात्रै हो मल पनि पाउने । अनि कृषिप्रधान देश भनेर भाषण गर्यो बस्यो । यस्ताले के देश विकास गर्लान् र खै । मलाई त देश भरीबाट युवाले जितिदिए हुन्थ्यो भन्ने छ । म बुढीको आशीर्वाद लागोस् । तुलाराम र उनकी श्रीमतीजस्तै कयौँ व्यक्ति पुरानो नेतृत्वबाट दिक्क देखिएका छन् । यो पटक देशभर नयाँ पुस्ता हाबी भएसँगै निर्वाचन रोचक हुने भएको छ ।