काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा)को भातृ संगठन समाजवादी युवा संघ नेपालको केन्द्रीय अध्यक्षमा हेमन्त राई चयन भएका छन् ।

जनकपुरमा हालै सम्पन्न समाजवादी युवा संघको प्रथम राष्ट्रिय भेलापछि त्यसैको संयोजनमा बसेको केन्द्रीय समिति बैठकले राईको नेतृत्वमा २५ पदाधिकारीसहित ६१ सदस्यीय नयाँ समिति गठन गरेको हो ।

OM Sai Pathibhara Hospital

विभिन्न सामाजिक संस्थामा आबद्ध राई हाल आदिवासी जनजाति युवा महासङ्घको अध्यक्ष, किरात राई यायोक्खाका केन्द्रीय सचिव तथा शैक्षिक विभाग प्रमुख र एसिया प्यासिफिक युथ प्लाटफर्ममा उपाध्यक्ष छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा संजिव कुमार यादव, निरज प्रधान र जितेन्द्र महरा चयन भएका छन् । उपाध्यक्षमा क्रमश असल खान, श्याम शिलपकार, दिनेश पटेल, शिवराम यादव र मुकेश कुशवाहा रहेका छन् ।

महासचिवमा दिलिप पटेल, उप–महासचिव आतिश कुमार सिंह यादव, रञ्जित गोस्वामी, अशोक मण्डल, सरोज यादव र रेणु सिंह  छन् ।

सचिवमा समिर नछिरिङ्ग, सलमा खातुन, स्मृति मिश्रा, श्रृजन श्रेष्ठ, अशोक यादव, ठाकुर रितु राज, विशाल यादव, दिनेश यादव, जीवन खाती छन भने  कोषाध्यक्षमा मनकला लिम्बू चयन भएकी छन् ।