झापा / नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि मंगलबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार ‘होम आइसोलेसन’मा बसेका छन् ।

उनी हिजो गठबन्धन बैठकमा एकैछिन सहभागी भएका थिए । उनको स्वास्थ्यमा समस्या देखेपछि नेताहरूले पनि कोरोना परीक्षण गराउन सुझाएका थिए ।

कांग्रेसका पूर्व महामन्त्री सिटौला आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ५ दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजक समेत हुन् ।