काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न एमाले अध्यक्ष ओली बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

OM Sai Pathibhara Hospital

दुई शीर्ष नेताबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

नागरिकता विद्येयक, सत्यनिरूपण बिद्येयक लगायतका विषयमा सहमति कायम हुन नसकिरहेको र सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि सकस परिरहेका बेला देउवा–ओलीबीच भेटवार्ता भएको हो । आजै साँझ सत्ता गठबन्धनका शीर्ष नेताहरूको पनि बैठक बस्दैछ ।