झापा / पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पुन बस्ने भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँट कार्यदलले जिम्मेवारी पूरा गर्न नसकेपछि गठबन्धनका शीर्ष नेतासहितको बैठक आज अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुनः बस्ने भएको हो ।

OM Sai Pathibhara Hospital

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकले सीट बाँडफाँटका विषयमा ठोस निष्कर्षमा पुग्ने सम्भावना रहेको बताए ।

सीट बाँडफाँटका लागि कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको संयोजकत्वमा गठित कार्यदलले मापदण्डमा छलफल गरे पनि ठोस प्रस्ताव तयार पार्न सकेको छैन । शीर्ष तहबाट बाँडफाँटको मापदण्डमा सहमति जनाएपछि निर्वाचन क्षेत्रको बाँडफाँट हुने बताइएको छ ।

गठबन्धनमा रहेका दलहरूबीच ०७४ / ०७९ को चुनावको मतपरिणामको आधारमा सिट बाँडफाँड गर्ने सहमति भएपनि सङ्ख्याका विषयमा सहमति जुट्न सकेको छैन ।