काठमाडौँ / नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग  भेटवार्ता गरेका छन् । बिहीबार भट्टराईले प्रचण्डसँग हात्ती वनस्थित एक घरमा भेटवार्ता गरेका हुन् । 

उक्त भेटवार्तामा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागि थिए । तीन नेताबीच भएको भेटवार्तामा चुनावी तालमेलका र पार्टी एकताबारे छलफल भएको बताइएको छ । 

OM Sai Pathibhara Hospital

स्रोतका अनुसार भट्टराईले सत्ता गठबन्धन दलहरूसँग चुनावी तालमेलमा आफू पनि सहभागि हुने कुरा राखेका थिए ।

उपेन्द्र यादव नेतृत्वको जसपाबाट छुटिएर नेकपा समाजवादी गठन गरेका भट्टराई पाँच दलीय गठबन्धनमा सामेल हुनको लागि लागिपरेका छन् । 

उनले केही दिन अगाडि प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । देउवासँग गरेको भेटवार्तामा पनि उनले आफू सरकारमा सहभागि  हुन चाहेको बताएका थिए ।