झापा / सांसद मीन बहादुर विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाभियोग प्रस्ताव पास हुनुपर्ने बताएका छन् । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाभियोग प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद विश्वकर्माले सडकबाट जबराको विषयमा प्रश्न उठेपछि महाभियोग प्रस्ताव ल्याउनुपरेको बताएका हुन् ।

OM Sai Pathibhara Hospital

उनले भने, ‘सडकबाट चोलेन्द्रशमशेर जबराको आचरणमा प्रश्न उठेपछि महाभियोग प्रस्ताव ल्याउनुपरेको हो । महाभियोग प्रस्ताव संसद्मा दर्ता भएपनि छलफलमा विलम्ब भयो भन्ने हामीलाई पनि लागेको छ । ९ महिनापछि संसद् सुचारु हुन सकेन । बजेट ल्याउनुपर्‍यो । त्यही भएर पनि ढिलो भयो । महाभियोग प्रस्ताव पास गरिनुपर्छ । ’

महाभियोगको प्रस्ताव संविधानअनुसार दर्ता भएको उनले बताए । वकिलहरु कालोकोट लगाएर आन्दोलन गरिरहेका कारण मानिसहरु न्याय माग्न नसकेर अलमलिरहेको उनको भनाई छ ।