काठमाडौँ / मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएको छ । बैठक आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

आज बस्ने बैठकले संघीय निर्वाचनको मिति तोक्ने सम्भावना रहेको जनाइएको छ । संघ र प्रदेशको मिति मंसिर पहिलो साताभित्र तोकिने सत्ता गठबन्धनका शीर्ष नेताहरूको दावी छ ।

OM Sai Pathibhara Hospital

यता निर्वाचन आयोगले पनि संघीय निर्वाचनका लागि मिति तोक्न ढिला भइसकेको बताउँदै आएको छ । आयोगले यसअघि नै सरकारलाई आगामी मंसिर २ गते चुनाव गर्न मिति प्रस्ताव गरेको छ ।