काठमाडौं / नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले  भदौ ३ र ४ गते दोस्रो राष्ट्रिय भेला गर्ने भएको छ । वाईसीएलका सहसंयोजक सुबोध शेर्पाइलीका अनुसार नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा राष्ट्रिय भेला हुने भएको हो ।

उक्त भेलाबाट पदाधिकारी र नयाँ केन्द्रीय समिति चयन हुनेछ । भेलामा करिब ५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ । एक महिलासहित प्रत्येक जिल्लाबाट तीन जना, हालका केन्द्रीय सदस्य २०४ जना, दुई केन्द्रीय विभागबाट ४२ प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् भने कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कार्यालयले प्रतिनिधि मनोनित गर्नेछ ।

OM Sai Pathibhara Hospital

गत भदौ १२ र १३ गते भएको पहिलो राष्ट्रिय भेलाबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन हुन नसकेपछि सुमन देवकोटाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति बनाइएको थियो ।