काठमाडौं / नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले भदौ ३ र ४ गते दोस्रो राष्ट्रिय भेला गर्ने भएको छ । वाईसीएलका सहसंयोजक सुबोध शेर्पाइलीका अनुसार नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा राष्ट्रिय भेला हुने भएको हो ।
गत भदौ १२ र १३ गते भएको पहिलो राष्ट्रिय भेलाबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन हुन नसकेपछि सुमन देवकोटाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति बनाइएको थियो ।






































