झापा  / नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनी बोलाइएको बैठक स्थगित भएको हो ।

संसद् बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल गर्ने गरी स्थायी समितिको बैठक बोलाइएको थियो । 

OM Sai Pathibhara Hospital

महराका अनुसार आज स्थगित बैठक साउन २५ गते बस्ने तय गरिएको छ । यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको थियो । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठक प्रभावित भएको हो ।