बिर्तामोड / नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजेका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडांडामा बोलाइएको छ ।

आजको बैठकमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई पुन पठाउने वा अर्को व्यक्तिलाई पठाउनेबारे निर्णय हुनेछ । संसदीय छानविन विशेष समितिबाट शर्माले क्लिन चिट पाइसकेका छन् ।

OM Sai Pathibhara Hospital

माओवादीमा अर्थमन्त्रीका दाबेदार रहेका वर्षमान पुन, शक्ति बस्नेत र देव गुरुङले समेत सार्वजनिक रुपमा शर्माले नै उक्त जिम्मेवारी पाउनुपर्ने धारणा राखिरहेका छन् ।

माओवादी केन्द्रको आजको बैठकमा स्थायी कमिटी र पोलिटब्युरोको पूर्णताबारे समेत छलफल हुनेछ ।