काठमाडौँ / राष्ट्रिय सभाकी सदस्य डा. विमला पौडेलले गठबन्धन दलका नेताहरूले नागरिकता सम्बन्धी विधेयकमा बलमिच्याँई गरेको आरोप लगाएकी छन् । आज राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् ।

डा। पौडेलले भनिन्, –‘नागरिकता जस्तो विषयमा सरकारले बलमिच्याँई गरेको छ । सांसदको अवमूल्यन गरेको छ । गठबन्धनका दलहरूका नेताहरूले बलमिच्याँइ गरेका छन् ।’

OM Sai Pathibhara Hospital

नागरिकता विधेयकमा छोरा र छोरीलाई विभेद गरिएको समेत उनले बताइन् । ‘विधेयकमा एकल आमाका सन्तानलाई नागरिकता दिने कुरा छ, जसका कारण यो विधेयक फिर्ता गर्न हामीलाई अप्ठेरो छ । तर विधेयकमा अंगीकृत नागरिकता किन विवाह गरे लगत्तै दिने, यो सरकारले स्पष्ट पार्नु पर्छ,’ उनले भनिन् ।

दक्षिण एसियाली अन्य देशमा अंगीकृत नागरिकता विवाह गरेको दुई देखि सात वर्षपछि मात्र दिने व्यवस्था रहेको समेत उनले बैठकमा स्मरण गरिन् ।