काठमाडौँ / नेपालका महानगरपालिकाका मेयरहरूको सम्मेलन पोखरामा हुने भएको छ । साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो ।

महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्नका लागि उक्त सम्मेलन गर्न लागिएको बताइएको छ । 

OM Sai Pathibhara Hospital

गाउँपालिका र नगरपालिकाका समस्या सुनाउनका लागि आफ्नै संरचना भए पनि महानगरको छुट्टै संरचना नभएका कारण भेलाले साझा समस्या खोजेर समाधानका लागि सम्बन्धित निकायमा सुझाव दिने पोखराका मेयर धनराज आचार्यले बताए ।

यसअघि पनि पोखराकै आयोजनामा मेयर सम्मेलन भएको थियो । ६ वटा महानगरमध्ये ललितपुर र भरतपुरमा पुरानै मेयर छन् भने अरू सबै महानगरमा नयाँ मेयर निर्वाचित भएका छन् । 

पुराना मेयरको अनुभव सुनेर नयाँ मेयरले कामको कार्य योजना बनाउन सजिलो हुने पोखरा महानगरले जनाएको छ ।