काठमाडौँ  / प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।  प्रतिनिधि सभाको कार्यसूची अनुसार आजको बैठकमा दुईवटा विधेयक निर्णयार्थ पेश गरिने छ ।

आज निर्णयार्थ पेश गरिने विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधेयक–२०७६ र नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ रहेको छ ।

OM Sai Pathibhara Hospital

गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् । आजको बैठकमा नै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।