बिर्तामोड / आज नेपाली कांग्रेसका संस्थापक तथा देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला)को ४०औंँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । 

वि.सं. १९७१ भदौ २४ गते जन्मीएका कोइरालाको निधन विसं २०३९ साउन ६ गते काठमाडौँमा घाँटीको अर्बुदरोगबाट भएको थियो । राजनीतिमा ‘बीपी’ र नेपाली साहित्यमा ‘विश्वेश्वर’को नामबाट परिचित कोइराला जहानियाँ राणा शासनविरुद्धको क्रान्तिका एक नायक मानिन्छन् ।

OM Sai Pathibhara Hospital

कोइरालाले साथीहरूसँग मिलेर २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक कांग्रेससँग एकीकरण गरी कोइराला सभापति बनेका थियो । उनी विसं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरको मन्त्रिपरिषद्मा गृहमन्त्री बनेका थिए ।

विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री भई मुलुकको नेतृत्व गरेको समयमा विसं १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले कोइरालाको सरकारलाई अपदस्थ गरेपछि विसं २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा बसेका थिए ।

बिपी सफल राजनीतिज्ञका साथै सफल साहित्यकार समेत हुन् । उनका ‘दोषी चस्मा’ कथासङ्ग्रह, ‘सुम्निमा’ ‘मोदिआइन’, ‘तीन घुम्ती’, ‘हिट्लरयहुदी’, ‘बाबु, आमा र छोरा’, ‘नरेन्द्र दाइ’उपन्यास र कविता कृति प्रकाशित छन् ।