काठमाडौं / भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । उनले आज अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएको हो । 

साथै उनले आजै भाजपाको मुख्यालय भ्रमण गरेर भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

OM Sai Pathibhara Hospital

तीन दिनको भारत भ्रमणका लागि गत शुक्रबार नयाँ दिल्ली पुगेका अध्यक्ष प्रचण्ड भारत पुगे देखी नै राजनीतिक भेटघाटमा व्यस्त छन् ।

शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका प्रचण्डले शनिबार भारतीय विदेश सचिव एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए ।

त्यस्तै, उनले भारतस्थित आफ्नो पार्टीका नेता कार्यकर्तासँग पनि भेट गरेका थिए। प्रधानमन्त्री पत्नि आरजू राणा देउवासँग पनि प्रचण्डले भेटवार्ता गरेका थिए। उनी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।