काठमाडौँ  / प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ । उक्त बैठक सकिने बित्तिकै बालुवाटारमै मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

OM Sai Pathibhara Hospital

नागरिकतालगायत महत्वपूर्ण विधेयकमाथि छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको स्रोतको भनाइ छ । 

संसदमा पेश भएका विधेयकहरू पास नगरी निर्वाचनको मिति घोषणा हुने सम्भावना न्यून देखिएपछि देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।