काठमाडौँ  / लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाले उपसभामुख पाउने भएको छ ।

उपसभामुख चयनका लागि आजको संसद् बैठकमार्फत सभामुख अग्नि सापकोटाले निर्वाचनको दिन र समय तोक्न लागेका हुन् ।

OM Sai Pathibhara Hospital

स्रोतका अनुसार सभामुख सापकोटाले पर्सि शुक्रबार निर्वाचनको मिति तोक्ने तयारी गरेका छन् । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त छ ।

उनको राजीनामापछि नयाँ उपसभामुख चयन हुन सकेको थिएन। अहिले सभामुख माओवादीबाट भएका कारण उपसभामुख माओवादीबाहेकका दलबाट चुनिनेछ ।