काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । 

जडिबुटीस्थित रोयल जडिबुटी ब्याङ्क्वेटमा सुरु भएको आफू पक्षीय बैठकमा पार्टीमा देखिएको ६ वटा समस्यालाई औँल्याउँदै १९ पानाको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । 

OM Sai Pathibhara Hospital
बैठकमा पेस गरेको प्रतिवेदनमा उनले पार्टीमा वैचारिक, संगठनात्मक, नेतृत्व पद्धति र मोडालिटीमा प्रश्न, कार्यशैलीको प्रश्न, व्यवस्थापनको समस्या, सुशासन र डेलिभरीको मुद्दाप्रति बेवास्ता र भूराजनीतिक सोचमा भिन्नता जस्ता समस्या रहेको उल्लेख गरेका छन् । त्यसैगरी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले अबको बाटोबारे दुई विकल्प अघि सारेका छन् ।

उनले नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने र दोस्रोमा विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरुसंग सहकार्य र एकीकरण गर्दै जाने बताए । अब पार्टी पुनर्गठन अनिवार्य भएको उनको भनाई छ ।

बैठकमा भट्टराईले पेस गरेको प्रतिवेदनको पूर्णपाठ: