काठमाडौँ / पूर्वमन्त्री महिन्द्रराय यादव जसपाको बाबुराम भट्टराई पक्षमा खुलेका छन् ।

१५ वर्षअघि नेकपा एमाले छाडेर मधेशवादी राजनीतिमा होमिएका यादव अन्ततः महन्थ ठाकुर र उपेन्द्र यादवसँगको सहकार्य छाडेर भट्टराईतिर लागेका हुन् ।

OM Sai Pathibhara Hospital

उनी भट्टराई पक्षले जडिबुटीस्थित एक पार्टी प्यालेसमा राखेको समानान्तर बैठकमा सहभागी भएका छन् । एमाले छाडेर तत्कालीन महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीमा लागेका नेता यादव केही वर्षपछि सो पार्टी विभाजन गरेर अलग दलमा थिए । पछि पुनः एकीकरण गरेर राजपाको अध्यक्ष मण्डलमा रहेका यादव राजपा र संघीय समाजवादी पार्टीको एकीकरणपछि जसपामा थिए ।

जसपाको विवादमा महन्थलाई छाडेर उपेन्द्रलाई साथ दिएका महिन्द्र राय पछिल्लो समय उपेन्द्रको विरोधमा रहेर बाबुरामलाई साथ दिइरहेका थिए । पार्टी विभाजनको औपचारिक प्रक्रिया सुरू हुँदा यादव बाबुरामले बोलाएको संघीय परिषद् बैठकमा सहभागी भएका हुन् ।

पार्टीभित्रको विवादमा उपेन्द्रको विपक्षमा रहेका राजकिशोर यादव लगायतका नेता भने बाबुरामको बैठकमा सहभागी भएनन् । यसअघि नै उपेन्द्र विरोधी मोर्चा बनाएका इस्तियाक राई र प्रदीप यादव भने मन्त्री बनेपछि उपेन्द्रको पक्षमा उभिएका छन् ।