काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओबीच भेटवार्ता भएको छ । 

मंगलबार बिहान बालकोटस्थित निवासमै पुगेर नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउले ओलीसँग भेटवार्ता गरेका हुन् ।उनीहरूबीच द्विपक्षीय हितबारे कुराकानी भएको बताइएको छ।

OM Sai Pathibhara Hospital

भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई, बिष्णु रिमाल, प्रदिप ज्ञवाली, उषा किरण भण्डारी , अन्जन शाक्य तथा कृशा केसी पनि भेटवार्तामा सहभागी भएका छन् ।

आइतबार काठमाडौं आएका लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्न कार्यक्रम छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भने आइतबार र सोमबार माओवादी अध्यक्ष ‘प्रचण्ड’सङ भेट भइसकेको छ । उनी बुधबार बिहान चीन फर्किने छन् ।