काठमाडौँ / नेकपा एमालेका नेता घनश्याम भुसालले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले १० बुँदे सहमति लत्याएर दोहोरो नीति लिएको आरोप लगाएका छन् । 

सामाजिक सञ्जालमा आज आफ्नो धारणा राख्दै भुसालले यस्तो टिप्पणी गरेका हुन् । माधव नेपालको दोहोरो नीतिका कारण नेकपा एमाले विभाजन भुसालको आरोप छ । 

OM Sai Pathibhara Hospital

भुसालले भनेका छन –‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् ।’  ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा नेपाल पनि भएको भन्दै, भुसालले भने  ‘२० प्रतिशतमै पार्टी विभाजन गरेका कारण ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।’