काठमाडौँ / चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आज काठमाडौँ अवतरण गरेका छन् । लिउ चार दिने नेपाल भ्रमणको क्रममा आज काठमाडौँ अवतरण गरेका हुन् ।

लिउ नेतृत्वको टोलीमा छ जना सदस्य छन् । लिउलाई परराष्ट्र मन्त्रालयका डेपुटी चिफ अफ प्रोटोकल रेवतीरमण पौडेलले स्वागत गरेका छन् । 

OM Sai Pathibhara Hospital

उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्ने कार्यक्रम छ । खड्काले नेपाली कांग्रेसको केन्द्रीय सदस्यको हैसियतमा लिउको सम्मानमा आजै रात्रिभोज कार्यक्रमको आयोजना गरेका छन् ।

उनले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्दैछन् । लिउले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार भेटवार्ता गर्ने कार्यक्रम छ । ओलीलाई लिउले मंगलबार बिहान १० बजे बालकोटमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए ।

चिनियां विदेश विभाग प्रमुखले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर स्वदेश फर्कने कार्यक्रम छ ।