झापा / नेकपा एमालेका नेताहरू चढेको गाडी सिन्धुलीमा दुर्घटना भएको छ । 

दुर्घटनामा परी पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपाशुर शेर्पा, एमालेका पोलिटब्युरो सदस्य गोकुल घर्ती, पेम्बा गुरुङ, देवराज राई लगायत नेताहरू घाइते भएका छन् । 

OM Sai Pathibhara Hospital

एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर एकको बिस्तारित बैठकमा जाने क्रममा उनीहरु सवार बा २ च ९००३ नम्बरको कार शुक्रबार सिन्धुलीको कमलामाई नगरपालिका –१४, चन्दनपुरमा दुर्घटनामा परेको हो । 

तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । उनीहरूको प्राथमिक उपचारपछि थप उपचारका लागि हेलीकोप्टर मार्फत काठमाडौं पठाइएको बताइएको प्रहरीले जनाएको छ ।