काठमाडौँ / निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि मंगलबारदेखि छानविन थालिने भएको छ ।

करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको, सीसीटीभी फुटेज मेटाएको आरोप लागेपछि बुधबार राजीनामा दिएका शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिले मंगलबारबाट काम सुरु गर्ने भएको हो ।

OM Sai Pathibhara Hospital

तिनिधिसभाको बुधबारको बैठकले ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा एमालेका ४ सांसद, २(२ सांसद नेपाली कांग्रेस र माओवादी केन्द्रका तथा एकीकृत समाजवादी, जसपा र लोसपाबाट १–१ सांसद सदस्य रहेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सहजीकरणका लागि राखेको बैठकमा छानबिन समितिका सदस्यहरुले मंगलबारबाट काम सुरु गर्न सहमति जनाएका हुन् । संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याललाई सदस्य सचिव तोकेर शर्मामाथि छानवीन गर्न र १० दिनभित्र रिपोर्ट बुझाउन समय दिइएको छ ।