झापा  / नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाको प्रमुख सचेतक सांसद सरला यादवलाई बनाउने भएको छ। शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले यादवलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो । 

यसअघिका प्रमुख सचेतक जीवनराम श्रेष्ठ मन्त्री बनेपछि रिक्त स्थानमा यादवलाई नियुक्त गर्ने निर्णय भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

प्रचार विभाग प्रमुख खतिवडाका अनुसार सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी हर्कबहादुर सिंहलाई दिइएको छ । 

बैठकले पार्टी संगठन विस्तार गर्ने र आगामी संघ र प्रदेशको निर्वाचनको तयारी गर्ने निर्णय निर्णय पनि गरेको नेता झलनाथ खनालले जानकारी दिए ।